यो साता पनि सुनको मूल्यमा गिरावट, अमेरिकी डलरको विनिमय दरमा देखिएको उकालो यात्रा भने रोकियो « Arthapath.com
१९ आश्विन २०८०, शुक्रबार

यो साता पनि सुनको मूल्यमा गिरावट, अमेरिकी डलरको विनिमय दरमा देखिएको उकालो यात्रा भने रोकियो



काठमाडौँ । अमेरिकी बजारमा सुनको विक्री कायमै रहँदा यो साता पनि विश्व बजारमा सुनको मुल्यमा गिरावट आएको छ । बिश्व बजारमा सुनको बिक्री दबाब घट्नेक्रममा रहेको देखिएकोले आगाम दिनमा भने गिराावटको क्रम रोकिन सक्ने तर्क विश्लेषकहरुले गरेका छन्। गत साता पनि सुनको मूल्यमा गिरावट देखिएको थियो ।

विगत लामो समय देखि निरन्तर मजवुत बन्दै गएको अमेरिकी डलरको विनिमय दर भने यो साता केही कमजोर बनेको छ । अमेरिकी डलरको विनिमय दर थप कमजोर वन्दै गएको खण्डमा त्यसको प्रभाव सुन बजारमा देखिन सक्ने अनुमान बिश्लेषकहरुले गरेका छन्।

नेपाली बजारमा यो साताको पहिलो दिन आइतबार प्रति १० ग्राम ९२ हजार ५ सय ९५ रुपैयाँ रहेको सुनको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ९१ हजार ९ सय ९० रुपैयाँमा झ¥र्यो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम ६ सय ५ रुपैयाँले कम हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्यमा पनि कमी आएको छ । साताको पहिलो दिन १ हजार १ सय ६६ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार १ सय २३ रुपैयाँमा झरेको छ ।


प्रतिक्रिया दिनुहोस्