न्यूरोड क्षेत्रको कालो पत्रे सडकमा सवारी पार्किङ् निषेध गर्ने तयारी, काठमाडौँ टावरमा निःशुल्क पार्किङ् « Arthapath.com
२७ जेष्ठ २०८२, मंगलबार

न्यूरोड क्षेत्रको कालो पत्रे सडकमा सवारी पार्किङ् निषेध गर्ने तयारी, काठमाडौँ टावरमा निःशुल्क पार्किङ्



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले भोलि (माघ ९ गते मंगलबार) देखि न्यूरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङ्मा रोक लगाउने भएको छ ।

यसको विकल्पमा काठमाडौँ टावरमा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइनेछ । यस ठाउँमा ३ सय वटा चारङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ् गर्न सकिन्छ । तयारीका विषयमा जानकारी गराउँदै महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भने,‘भोलिदेखि पार्किङ् निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने योजना बनाएका छौँ । यसले सवारी आवागमनमा सहज बनाउने अपेक्षा गरेका छौँ ।’

उनकाअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा पार्किङ् निषेध गरिनेछ । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ् निषेध कार्यान्वयन गरिसकिएको छ ।


प्रतिक्रिया दिनुहोस्