सीपयुक्त घरेलु श्रमिक लैजानेबारे नेपाल र साउदी दुई देशबीच सहमती

काठमाडौं । श्रम तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र साउद अरबको अन्तराष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबिच नेपाली श्रमिक लैजानेबारेमा सोमबार सहमती भएको छ ।
हिजो जेनेभामा भएको साइडलाइन द्धिपक्षीय भेटवार्ता र छलफलका क्रममा नेपाल र साउदी अरेबियाबिच नेपालद्धारा श्रमिक लैजाने सम्बन्धि महत्वपुर्ण बिषयमाथि छलफल भएको हो ।
मन्त्री भण्डारीले घरेलु श्रमिकलाई लैजानेबारेमा उनीहरुलाई सामान्य सीपयुक्त तालिम र सीप प्रमाकरणी कार्यक्रम सम्बन्धि गरी तत्कार २ वटा सम्झौता गगर्ने साउदी अरब सहमती भएको बताएका छन् ।
नेपालले साउदी अरबसंगको श्रमिक लैजान गरिएको सम्झौतामाथि पुर्णरुपले सहमती जनाइसकेको छ । श्रममन्त्री भण्डारीले दुई देशबिच श्रम सम्झौता भइसकेपश्चात घरेलु श्रमिकको सम्झौता गर्नुपर्ने संसदीय समितिको निर्देशन रहेको साउदी अरबलाई जानकारी गराउदै उक्त पहलकालागि पाइलट परियोजना आवश्यक रहेको समेत जानकारी दिएको छ ।
मन्त्री भण्डारीका अनुसार साउदी अरबले पठाएको सम्झौता पत्रमा नेपालले पुरै सहमती जनाई औपचारिक रुपमा परराष्ट्र मन्त्रालयमार्फत साउदी सरकारलाई पठाइ सकेको बताएका छन् ।
उक्त सम्झौता पत्रमा अन्तराष्ट्रिय श्रम संगठनको मापदण्ड अनुसार श्रमिकको अधिकार, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, रोजगारदाता परिवर्तन, श्रमिकको न्यायोचित भर्ना गर्ने लगायतका बिषयहरु समाबेश गरिएको छ ।