द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने, रुम बुकिङमा १५ प्रतिशत छुट « Arthapath.com
२६ चैत्र २०८०, सोमबार

द क्लिफमा नयाँ वर्षमा ‘नाइट बञ्जी’ हुने, रुम बुकिङमा १५ प्रतिशत छुट



कुश्मा । साहसिक पर्यटकको हब द क्लिफ नेपालले नयाँ वर्ष २०८१ को अवसरमा ‘नाइट बञ्जी’ गर्ने भएको छ । साथै चैत्र ३० गते साँझ लाइभ म्युजिक तथा ’फायर डान्स’ गरि नयाँ बर्षलाई स्वागत गर्ने योजना छ ।

विश्वकै दोस्रो अग्लो बन्जी सन्चालक कम्पनीले साहसिक खेलकुदका पारखीहरूलाई नयाँ अनुभव दिन नाइट बञ्जी आयोजना गरेको द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । कम्पनीले यसअघिका नयाँ वर्षहरूमा पनि नाइट बञ्जी गर्दै आएको थियो ।

नयाँ वर्षको अवसरमा कम्पनीले चैत ३० र वैशाख १ क्लिफको रिसोर्टमा रुम बुकिङ गर्दा १५ प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । बुकिङका लागि ०६७–४२२२२९ मा सम्पर्क गर्न सकिने छ ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरी बनाइएको द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प निर्माण गरिएको छ ।

रिसोर्ट सहितको एड्भेन्चर हव द क्लिफमा बञ्जी र स्विङसँगै विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे, वाल क्लाइम्बिङ लगायत गतिविधि सञ्चालनमा छन् ।


प्रतिक्रिया दिनुहोस्