नयाँ वर्षको सुरुवातमै सस्तियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ आज किनबेच ? « Arthapath.com
२ बैशाख २०८१, आईतवार

नयाँ वर्षको सुरुवातमै सस्तियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ आज किनबेच ?



काठमाडौं । नयाँ वर्ष २०८१ सालको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ २ हजार २०० रुपैयाँले घटेको हो।

अघिल्लो दिन अर्थात् शुक्रबार १ लाख ३९ हजार रुपैयाँ पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो । तर, आज भने घटेर १ लाख ३६ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै, साताको पहिलो कारोबार चाँदीको मूल्य पनि घटेको छ । उक्त दिन चाँदी तोलामा ५० रुपैयाँले घटेको छ । योसँगै आजका लागि चाँदीको भाउ एक हजार ७०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन अर्थात् गत शुक्रबार चाँदी प्रतितोला १ हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्