सुनचाँदीको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ खरिदबिक्री ? « Arthapath.com
१३ बैशाख २०८१, बिहीबार

सुनचाँदीको मूल्यमा झिनो गिरावट, कतिमा हुँदैछ खरिदबिक्री ?



काठमाडौं । बिहीबार सुनको भाउ केही सस्तिएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको हो ।

अघिल्लो दिन अर्थात् बुधवार १ लाख ३५ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ लाख ३५ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको भाउ भने १ लाख ३५ हजार १५० रुपैयाँ तोकिएको छ ।

यस्तै, साताको पाँचों कारोबार दिन चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । अघिल्लो दिन १ हजार ६७० रुपैयाँमा किनबेच भएको थियो । तर, आज भने घटेर १ हजार ६५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्