प्रतितोला १९ सय रुपैयाँ महँगियो सुनको मूल्य, चाँदीको कति ? « Arthapath.com
२ असार २०८२, सोमबार

प्रतितोला १९ सय रुपैयाँ महँगियो सुनको मूल्य, चाँदीको कति ?



काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ हजार ९०० रुपैयाँले वृद्धि भएको हो ।

अघिल्लो दिन १ लाख ४२ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज बढेर १ लाख ४४ हजार ७०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ४४ हजार रुपैयाँ तोकिएको छ ।
यता, चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा २५ रुपैयाँले वृद्धि भई १ हजार ८६५ रुपैयाँ पुगेको छ । बिहीबार भने १ हजार ८४० रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्