आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
३ असार २०८२, मंगलबार

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज (सोमबार) पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारका अनुसार आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार रुपैयाँ कायम भएको छ । आइतबार पनि सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको थियो । आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य २० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७७५ रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्