किर्तिमानी उचाईबाट तल झर्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनको मुल्यमा गिरावट आएको छ । आइतबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँ घटेको हो ।
अघिल्लो दिन अर्थात गत शुक्रबार १ लाख ६१ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो । तर, आज घटेर १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासघले जनाएको छ ।
यस्तै, आज चादीको मुल्यमा पनि गिरावट आएको छ । चादी तोलामा १० रुपैयाँ घटेर १ हजार ९४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने १ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।