सस्तियो सुनचाँदीको भाउ, प्रतितोला कति घट्यो ? « Arthapath.com
४ असार २०८२, बुधबार

सस्तियो सुनचाँदीको भाउ, प्रतितोला कति घट्यो ?



काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ सस्तिएको छ । नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ५०० रुपैयाँ सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावपाला सुनको भाउ १ लाख ६० हजार ५०० रुपैयाँ तोकिएको छ । आइतबार भने १ लाख ६१ हजार रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी तोलामा ५ रुपैयाँ घटेर १ हजार ९८० रुपैयाँ कायम भएको छ । आइतबार भने १ हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।


प्रतिक्रिया दिनुहोस्