दशैंको दिननै डलरको भाउले बनायो कीर्तिमानी उचाई, नेपाली रुपैयाँ कमजोर « Arthapath.com
४ असार २०८२, बुधबार

दशैंको दिननै डलरको भाउले बनायो कीर्तिमानी उचाई, नेपाली रुपैयाँ कमजोर



काठमाडौं । दशैंको दिनमै नेपाली बजारमा अमेरिकी डलरको भाउले नयाँ कीर्तिमानी उचाई बनाएको छ ।

आज अर्थात् असोज २६ गते शनिबार नेपाली बजारमा डलरको मूल्यले नयाँ रेकर्ड बनाएको हो । आज डलरको बिक्रीदर १३४ रुपैयाँ ८० पैसा पुगेको छ । यता, खरिददर १३४ रुपैयाँ २० पैसा पुगेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि डलरको मूल्य १३४ रुपैयाँ ६८ पैसा (बिक्रीदर) कायम भई ऐतिहासिक रेकर्ड बनाएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार आज युरोपियन युरो एकको खरिद दर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३२ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ १८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा कायम भएको छ ।

यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ३० पैसा र बिक्रीदर ९० रुपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८५ पैसा रुपैयाँ तोकिएको छ।

त्यसैगरि कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा र मलेसियन रिंगिट एकको खरिददर ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्