साना व्यवसायीलाई ब्याज र हर्जना छुट दिन सांसद पोखरेलको माग « Arthapath.com
२४ माघ २०८१, बिहीबार

साना व्यवसायीलाई ब्याज र हर्जना छुट दिन सांसद पोखरेलको माग



काठमाडौँ । संसदको सार्वजनिक लेखा समितिका सभापती एवम् नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले साना व्यवासायीलाई प्रत्येक्ष लाभ दिन संसदमा माग गरेका छन् ।

विहीबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले तीन बूँदे माग अघि सारेका हुन् । कोभीड महामारीपछि आर्थिक मन्दीका कारण हजारौँ साना र खुद्रा व्यवसायीहरु मारमा परेको भन्दै उनले यस्ता माग सरकारका सामु तेस्र्याएका छन् ।

पोखरलेलले अघि सारेको तीन बूँदे माग यस्तो छः

१. वर्षभरीमा १ करोड वा त्योभन्दा कम काराबोर गर्ने साना तथा खुद्रा व्यवसाइलाई संरक्षण गर्नु राज्यको दायित्व हो । उनीहरुलाई हालसम्मको जरिवाना मिनाहा गरी असार मसान्तसम्मको कर चुक्ता गर्ने व्यवस्था गरौँ ।

२. रू. २० लाखसम्मको व्यावसायिक ऋणलाई हर्जना मिनाहा गरी किस्ता र भाखा बढाउने (पुनःतालिकीकरण) तथा कालो सूचीबाट हटाउने काम गरौँ ।

३. लामो समयदेखि कर चुक्ता नभएका सवारी साधनहरुको हकमा एक पटकका लागि जरिवाना छुट गरी नविकरणको अवसर दिलाऊँ ।

यसो गर्दा साना व्यवसायीहरुलाई न्यूनतम सहयोग हुने र ग्रामीण तथा तल्लो तप्काको अर्थतन्त्र चलायमान हुने धारणा सांसद पोखरेलले राखेका छन् ।


प्रतिक्रिया दिनुहोस्