तोलामा २७ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
४ फाल्गुन २०८१, आईतवार

तोलामा २७ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । गत शुक्रबार १ लाख ७० हजार रुपैयाँ नाघेको सुनको भाउ घटेको छ । आइतबार छापावाला सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार १ लाख ७० हजार २०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ ।

साताको पहिलो कारोबार दिन चाँदीको मूल्य पनि मूल्य पनि सस्तिएको छ। आज चाँदी तोलामा १५ रुपैयाँ घटेर १ हजार ९५५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्