मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ उद्घाटन, कजारिया रमेश टायल्सको बजार विस्तार « Arthapath.com
३० असार २०८३, मंगलबार

मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ उद्घाटन, कजारिया रमेश टायल्सको बजार विस्तार



काठमाडौं । नेपालकै अग्रणी टायल ब्रान्ड कजारिया रमेश टायल्स लिमिटेडले पूर्वी नेपालमा आफ्नो बजार विस्तार गर्दै मोरङको कञ्चनबारीमा ‘अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ नामक नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।

असार २५ गते आयोजित कार्यक्रममा कम्पनीका निर्देशक हिमांशु अग्रवाल, मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपाल तथा अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्सको व्यवस्थापन टोलीको उपस्थितिमा शोरूमको औपचारिक उद्घाटन गरिएको हो।

कम्पनीका अनुसार नयाँ शोरूममार्फत मोरङ तथा आसपासका क्षेत्रका घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरलाई विश्वस्तरीय वाल टायल्स, फ्लोर टायल्स तथा बाथवेयर समाधान सहज रूपमा उपलब्ध गराइनेछ।

आधुनिक र ग्राहकमैत्री अवधारणामा निर्माण गरिएको शोरूममा ग्राहकहरूले विभिन्न प्रिमियम टायल्सका डिजाइन, टेक्सचर र फिनिसिङ प्रत्यक्ष अवलोकन गरी आफ्नो घर वा व्यावसायिक परियोजनाका लागि उपयुक्त सामग्री छनोट गर्न सक्ने कम्पनीले जनाएको छ।

उद्घाटन कार्यक्रममा कम्पनीका प्रतिनिधिले अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्ससँगको सहकार्य मोरङ तथा आसपासका क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका उत्पादनहरू पुर्‍याउने रणनीतिक कदम भएको बताए। उनका अनुसार नयाँ शोरूमले ग्राहकलाई आधुनिक, आकर्षक र टिकाउ टायल्स सहज रूपमा उपलब्ध गराउनेछ।

शोरूम सर्वसाधारणका लागि सञ्चालनमा आइसकेको कम्पनीले जनाएको छ। कञ्चनबारी तथा आसपासका ग्राहकलाई नयाँ कलेक्सन अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ।

कजारिया रमेश टायल्स लिमिटेडले नेपालमा अत्याधुनिक प्रविधिमा आधारित ठूलो टायल उत्पादन उद्योग सञ्चालन गर्दै आएको छ। कम्पनीले सुपरब्रान्ड २०२५, एशियाज मोस्ट प्रमिसिङ ब्रान्ड लगायतका अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको जनाएको छ। साथै, कम्पनी आईएसओ ९००१:२०१५ र आईएसओ १४००१:२०१५ प्रमाणित रहेको तथा इन्डियन ग्रीन बिल्डिङ काउन्सिल (IGBC) को सदस्यसमेत रहेको छ।

हाल कजारिया रमेश टायल्सको नेपालभर १०० भन्दा बढी शोरूम सञ्चालनमा छन्। कम्पनीले ३ हजारभन्दा बढी आधुनिक डिजाइनका ग्लेज्ड भिट्रिफाइड, सेरामिक वाल तथा हेभी ड्युटी भिट्रिफाइड टायल्स उपलब्ध गराउँदै आएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्