थप महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सुनको भाउ थप महँगिएको छ । सोमबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार १ लाख ६७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज भने बढेर १ लाख ६८ हजार ७०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
साताको दोस्रो कारोबार दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी तोलामा १५ रुपैयाँ वृद्धि भई १ हजार ९७० रुपैयाँ कायम भएको छ । आइतार भने १ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।