घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य आज प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ३० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९१५ रुपैयाँ कायम भएको छ ।