तोलामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
२६ असार २०८२, बिहीबार

तोलामा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। यस दिन सुन मूल्य प्रतितोला ९०० रुपैयाँ बढेको हो।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । मंगलबार सुन प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बुधबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा खरिद बिक्री भएको छ । मंगलबार चाँदी एक हजार ९४० रुपैयाँमा किनबेच भएको थियो ।


प्रतिक्रिया दिनुहोस्