आज कुन तरकारीकाे कति छ मूल्य ?

काठमाडौं । शुक्रबारका लागि तरकारी तथा फलफूल बजार बिकास समितिले कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।
आज नेपाली ठूलो गोलभेडा प्रतिकेजी ३५ रुपैयाँ, तराई सानो गोलभेडा प्रतिकेजी २२.३३ रुपैयाँ, नरीवल बन्दा प्रतिकेजी १७.६७ रुपैयाँ, टाटे सिमि प्रतिकेजी ६५ रुपैयाँ, परवर लोकल प्रतिकेजी ८५ रुपैयाँ, हरियो डल्ले फर्सी प्रतिकेजी ३० रुपैयाँ। न्युरो प्रतिकेजी ७५ रुपैयाँ र ब्रोकाउली प्रतिकेजी ६५ रुपैयाँ थोक मूल्य तोकिएको छ ।
यस्तै काइरालो प्रतिकेजी २१० रुपैयाँ, पुदीना प्रतिकेजी ३०० रुपैयाँ, गुन्द्रुक प्रतिकेजी ३२६ रुपैयाँ, अकबारे हरियो खुर्सानी प्रतिकेजी २२६ रुपैयाँ, हरियो धनिया प्रतिकेजी १६६ रुपैयाँ, रुख टमाटर प्रतिकेजी १३० रुपैयाँ थोक मूल्य रहेको छ ।
यता स्ट्रबेरी भुईऐसेलु प्रतिकेजी २२६ रुपैयाँ, अमला प्रतिकेजी १२५ रुपैयाँ, लप्सी प्रतिकेजी ९५ रुपैयाँ, उखु प्रतिकेजी ९० रुपैयाँ, नेपाली मेवा प्रतिकेजी ४५ रुपैयाँ, निबुवा प्रतिकेजी ४५ रुपैयाँ, जुनार प्रतिकेजी १९० रुपैयाँ, मौसम प्रतिकेजी १९० रुपैयाँ र भारतीय सुन्तला प्रतिकेजी १३३.३३ रुपैयाँ थोक मूल्यमा किनबेच भईरहेको तरकारी तथा फलफूल बजार बिकास समितिले जानकारी दिएको छ ।