सुन-चाँदीको मूल्यमा फेरि गिरावट: तोलामा ६ सयले घट्यो सुन, चाँदी पनि सस्तियो « Arthapath.com
२८ असार २०८३, आइतबार

सुन-चाँदीको मूल्यमा फेरि गिरावट: तोलामा ६ सयले घट्यो सुन, चाँदी पनि सस्तियो



काठमाडौं । नेपाली बजारमा आइतबार फेरि सुन-चाँदीकाे मूल्य घट्ने क्रमले निरन्तरता पाएकाे छ।

गत साता लगातार ५ दिन घटेकाे सुनकाे भाउ शुक्रबार भने बढेकाे थियाे । याे साताकाे पहिलाे दिन आज सुनकाे भाउ ताेलामा ६ सय रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला सुन २ लाख ८८ हजार रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।

यता, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा तोलामा ३५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ४७५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ५१० रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्