अमेरिकी र अस्ट्रेलियन डलरकाे भाउ बढ्दा युरो र पाउन्ड घट्याे « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

अमेरिकी र अस्ट्रेलियन डलरकाे भाउ बढ्दा युरो र पाउन्ड घट्याे



काठमाडाैं । मंगलबार अमेरिकी डलर, स्विस फ्र्याङ्क र अस्ट्रेलियन डलरकाे भाउ बढेकाे छ भने युरो र पाउन्डकाे भाउ घटेकाे छ।

नेपाल राष्ट्र बैङ्कले आजका लागि ताेकेकाे विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर कको खरिददर १४६ रुपैयाँ छ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८८ पैसा र स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३० पैसा कायम गरिएको छ ।

हिजाे अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८० पैसा र स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८९ रुपैयाँ ७२ पैसा ताेकिएकाे थियाे ।

यस्तै आज युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा र युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा ताेकिएकाे छ।

हिजाे युरोपियन युरो एकको खरिददर एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ९० पैसा ताेकिएकाे थियाे ।

यस्ताे एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९५ रुपैयाँ ९० पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३९ रुपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ छ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ दुई पैसा र बिक्रीदर १६ रुपैयाँ नौ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ दुई पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ दुई पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८० रुपैयाँ ६९ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्