फेरि बढ्याे पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, प्रतिलिटर कति पुग्याे ? « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

फेरि बढ्याे पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, प्रतिलिटर कति पुग्याे ?



काठमाडौं । पेट्राेलियम पदार्थकाे मूल्यमा फेरि भारी वृद्धि भएकाे छ। नेपाल आयल निगमले बुधबार साँझ एक सुचना जारी गर्दै पेट्रोल, डिजेल र मट्टीतेलमा प्रति लिटर १५/१५ रुपैयाँ बढाएकाे हाे ।

नयाँ मूल्य बिहिबार बिहान १ बजेदेखि लागु हुनेछ । नयाँ मूल्य सूची अनुसार पहिलो वर्ग चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १८४ रुपैयाँ ५० पैसा र डिजल मट्टीतेलकाे मूल्य प्रति लिटर १६४ रूपैयाँ ५० पैसा पुगेकाे छ।

दाेस्राे वर्ग सुर्खेत र दाङमा पेट्राेल प्रतिलिटर १८६ रूपैयाँ र डिजल मट्टीतेलकाे मूल्य प्रति लिटर १६६ रूपैयाँ गुगेकाे छ।

यस्तै तेस्राे वर्ग काठमाडौं, पोखरा र दिपायलमा पेट्राेल प्रतिलिटर १८७ रूपैयाँ र डिजल मट्टीतेलकाे मूल्य प्रति लिटर १६७ रूपैयाँ गुगेकाे छ।


प्रतिक्रिया दिनुहोस्