सिटिजन्स सदाबहार योजनाको इकाई बिक्री खुला, कहिलेसम्म दिने आवेदन ? « Arthapath.com
१३ असार २०८२, शुक्रबार

सिटिजन्स सदाबहार योजनाको इकाई बिक्री खुला, कहिलेसम्म दिने आवेदन ?



काठमाडौं । सिटिजन्स क्यापिटलले सामूहिक लगानी कोष ‘सिटिजन्स सदाबहार’ योजनाको इकाई बिक्री खुला भएको छ ।

क्यापिटलले आज अर्थात् असार १३ गतेदेखि सो म्युचुअल फन्ड सार्वजनिक निष्काशनमा ल्याएको हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सिटिजन्स बैंक इन्टरनेश्नललाई सुरक्षित राखेको छ । बाँकी न्यूनतम ४ करोड २५ लाख इकाई प्रथम चरणको निष्काशनमा ल्याउन लागेको हो । यो योजना खुलामुखी प्रकृतिको योजना हो । यसको कुल आकार ५० करोड रुपैयाँ रहेको छ ।

उक्त योजनाको इकाईमा असार १७ गतेसम्म आवेदन दिन सकिनेछ । तोकिएको उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा भने असार २७ गतेसम्म लम्बिनेछ ।

यसअघि संचालन गरिएको सिटिजन्स म्युचुअल फण्ड १, ७ वर्षे बन्दमुखी योजना सफलतापूर्वक परिपक्व भइसकेको छ। ८ करोड २० लाख इकाई रहेको उक्त योजनाले अन्तिम दिनसम्म प्रति इकाई रु। ११.३० को नेट असेट भ्यालु कायम गर्दै कर कट्टीपछिको फाइदा हितग्राही खातामा पठाउन सुरु गरिसकेको छ।

पुँजीगत लाभ र विगतका प्रतिफलसमेत समावेश गर्दा प्रति इकाई औसत वार्षिक प्रतिफल १२५ रहेको कोष व्यवस्थापकले जनाएको छ।

भौतिक इकाई लिएर बसेका, अथवा अहिलेसम्म प्रतिफल नपाएका लगानीकर्ताहरुलाई सम्बन्धित विवरणसहित सिटिजन्स क्यापिटल लिमिटेड मा निवेदन दिन अनुरोध गरिएको छ। साथै, कर्जा लिई धितो राखिएका इकाईहरुको हकमा बैंकको फुकुवा पत्रसहित आवश्यक प्रक्रिया पुरा गरेपछि मात्र भुक्तानी हुनेछ।

सिटिजन्स क्यापिटल लिमिटेडले आफ्नो वित्तीय परामर्श, म्युचुअल फण्ड व्यवस्थापन तथा पोर्टफोलियो म्यानेजमेन्ट सेवा देशभरका सिटिजन्स बैंकका शाखाहरुमार्फत उपलब्ध गराउँदै आएको छ।

कम्पनीको अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सबिर बादे श्रेष्ठ रहेका छन्। कम्पनी सिटिजन्स बैंकको सहायक कम्पनी हो, जसमा कर्मचारी सञ्चय कोष र विभिन्न प्रतिष्ठित उद्योगी व्यवसायीहरुको सह–लगानी रहेको छ।


प्रतिक्रिया दिनुहोस्