युवा पलायनलाई कसरी रोक्ने ? शिवराम कोइरालाको विचार
अहिले देश छाड्नेको लहर नै लागेको छ । यसले झनै विकराल अवस्था आउँछ । पढ्ने बहानामा बाहिरिएकाहरू फर्कने सम्भावना ज्यादै न्यून छ । त्यसले देशको दक्ष जनशक्ति ह्रास भइरहेको छ । यसमा हामीले बेलैमा सोच्नुपर्छ ।
स्वदेशमै रोजगारीको अवसर छ भने उनीहरूलाई रोक्न सकिन्छ । राजनीतिक दलहरूमा चेतनाको आवश्यकता छ । यस बारेमा बेलैमा सोच्नुपर्यो । यद्यपि बिग्रिसकेको अवस्था अझै छैन ।
युवाहरूलाई विश्वास जगाउन सकिन्छ जस्तो लाग्छ । हामी साना–किसान लघुवित्तले सबै काम गर्न सकिन्छ भन्ने पनि छैन । हाम्रो तर्फबाट हामीले जे गर्न सक्ने हो, त्यही गर्ने हो ।
गाउँमा रोजगारी सिर्जना गर्ने, साना साना उद्योगको स्थापना गर्ने, युवाहरूलाई कृषिमा आकर्षण गर्ने लगायत काम गरिरहेका छौं । हामीले युवालाई स्वदेशमै केही गर्ने बाटो सिर्जना गरेकै हो ।
साना किसानले ११ लाख मध्येमा ४० प्रतिशत युवाहरू छन् । ३–४ लाख जति युवा साना किसानमा आवद्ध छ । ५ हजार जति युवा त उद्यमी नै छन् । कृषि गर्ने, उद्योगहरू चलाउने, पशुपालन गर्ने युवाहरू अहिले पनि छन् ।
हाम्रो जति ताकत र स्रोत छ, त्यो हिसाबले युवाहरूलाई आकर्षण गर्ने नै छ । सहयोग पनि गरिरहेका छौं । देश, विदेशबाट सहयोग प्राप्त भइरहेको छ । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सन्देश अहिले पनि गरिरहेका छौं ।