राष्ट्रिय बाणिज्य बैंकले दियो बाल अस्पताल निर्माणका लागि ५० लाख « Arthapath.com
१४ फाल्गुन २०७६, बुधबार

राष्ट्रिय बाणिज्य बैंकले दियो बाल अस्पताल निर्माणका लागि ५० लाख



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सामाजिक उत्तरलदयित्व अन्तर्गत काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थलाई ५० लाख आर्थिक सहयोग गरेको छ । मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालाको नेतृत्वमा निर्माण भईरहेको बाल अस्पताललाई बैंकले निर्माणमा सहयोग पुग्ने गरि सहयोग गरेको हो ।

बाणिज बैंकको केन्द्रिय कार्यालयमा सहयोग हस्तान्तरण कार्याक्रममा काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थका संस्थापक मुटु रोग विशेषज्ञ डा. भगवान कोईरालालाई बाणिज्य बैंकका सञ्चालक समितिका अध्यक्ष निर्मलहरी अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले संयुक्त रुपमा ५० लाखको चेक हस्तान्तरण गरेका हुन ।

निर्माण भईरहेको काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थको एक युनिटमा राष्ट्रिय बाणिज्य बंैकको नाम हुनुपर्ने सम्वन्धि पत्रमा समेत हस्ताक्षर गरेका छन ।

बैंकका सीईओ श्रेष्ठले बैंकले सधैं शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

चेक हस्तान्तरण कार्यक्रममा डा.भगवान कोइरालाले सातै प्रदेशमा बाल अस्पताल निर्माण गर्ने बताए । काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थ भवन निर्माणका लागि करिव ६० करोड लगानी लाग्ने अनुमान गरिएको छ ।

अस्पताल निर्माण पश्चात पैसाको अभावमा कसैले पनि उपाचार गर्नबाट बञ्चित नहुने उनले बताए । काठमाडौं इष्टिच्युट अफ चाइल्ड हेल्थ सन् २०२२ डिसेम्वरमा सक्ने लक्ष्य लिएको छ ।


प्रतिक्रिया दिनुहोस्