नक्कली प्रेस कार्ड बनाएर बेच्ने ३ जना पक्राउ « Arthapath.com
२३ भाद्र २०७७, मंगलवार

नक्कली प्रेस कार्ड बनाएर बेच्ने ३ जना पक्राउ



काठमाडौं । प्रहरीले पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको आरोपमा प काठमाडौंको बागबजारबाट ३ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले बागबजारको कालिका प्रिन्टिङका ३ जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरुको साथकाट साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको प्रहरीले बताएको छ ।

उनीहरुलाई अनलाइन सञ्चार माध्यमको प्रेस कार्ड नक्कली बनाएर बिक्रि गरेको आरेप लागेको छ ।
काठमाडौंमा लगाएतका स्थानमा निषेधाज्ञाको समयमा प्रेस कार्डको दुरुपयोग भएको गुनासोआएपछि प्रहरीलेसम्भावित ठाउँमा निगरानी गर्दा उनीहरु पक्राउ परेका हुन ।


प्रतिक्रिया दिनुहोस्