भारतीय अर्बपतिहरुले कस्ता चिजमा खर्चन्छन् पैसा ? « Arthapath.com
१७ फाल्गुन २०८०, बिहीबार

भारतीय अर्बपतिहरुले कस्ता चिजमा खर्चन्छन् पैसा ?



काठमाडौं । नेपाली समाज धेरै हदसम्म भारतीय समाजसँग प्रभावित हुन्छ । समान सांस्कृतिक एवम् एकै परिवारको भाषिक तादात्य र भौगोलिक एकरुपताका कारण भारतीय संस्कृति र त्यहाँका चुनिन्दा व्यक्तिहरुको रहनसहनले नेपालीलाई प्रभावित पार्दै आएको छ ।

यसै सिलसिलामा अचेल तीब्र दरमा बढ्दै गएका भारतीय अर्बपतिहरु हाम्रा लागि अनुकरणीय देखिन थालेका छन् । यसमा उनीहरुको खर्च प्रबृत्तीलाई नियाल्नु अझ बढी तर्कसंगत हुनसक्छ । किनकी, उनीहरुले कस्ता कुरामा बढी खर्च गर्छन् भन्ने तथ्यले नेपालीहरुलाई पनि खर्चको प्राथमिकीकरण गर्न सघाउँछ ।

हरेक दिन करोडौं रुपये कमाइ गर्ने भारतीय अर्बपतिहरुले आफ्नो कुल खर्चको १७ प्रतिशत हिस्सा ‘लक्जरी प्रडक्ट’का निम्ति खर्चिरहेको पछिल्लो एक प्रतिवेदनमा उल्लेख छ । लण्डनमा मुख्यालय भएको ‘ग्लोबल रियल इस्टेट कन्सल्ट्यान्ट’ कम्पनी नाइट फ्र्यांकले प्रकाशित गरेको प्रतिवेदन ‘द वेल्थ रिपोर्ट–२०२४’ले यस्तो देखाएको हो ।

उक्त प्रतिवेदनले भारतीय अर्बपतिहरुले आफ्नो खर्चयोग्य सम्पत्तिको १७ प्रतिशत यस्ता विलासिताका वस्तु किन्नमा खर्चिरहेको देखाएको हो । विश्वब्यापी मान्यता अनुसार ३ करोड अमेरिकी डलरभन्दा बढीको खुद सम्पत्ती (नेटवर्थ) भएका व्यक्तिलाई अतिउच्च वर्ग (यूएचएनडब्ल्यूआई) भन्ने गरिन्छ ।

त्यस्ता अतिउच्च आय वर्गका भारतीयले सर्बाधिक मन पराउने वस्तु लक्जरी घडी हो । धनीहरु यस्ता महँगा घडी किन्न मन पाराउँछन् । ती घडिको मूल्य करोडौं रुपैयाँ पर्छ । यस्ता घडिको उत्पादन नै धनीहरुका लागि भनेर गरिएको हुन्छ ।

यसप्रकार धनी मानिसहरुको दोस्रो रोजाइ हो, क्लासिक कार । उनीहरुलाई क्लासिक कारको खुब शोख रहेको पाइएको छ । यसैले अधिकांश भारतीय अर्बपतिहरु यस प्रकार क्लासिक कार किन्न बढी पैसा गर्ख गर्ने गरेका छन् । उनीहरुले यस्ता कार किनेर आफ्नो मनमौजी हिसाबले मोडिफाइ पनि गर्ने गरेको पाइएको छ ।

जसरी पुरुषको पहिलो रोजाइ घडी हो, त्यसैगरी अर्बपति परिवारका महिलाको प्रथम रोजाइ ह्याण्ड ब्याग हो । अर्बपति महिलाहरु लक्जरी ब्राण्डका ह्याण्ड ब्याग खरीद गर्न खुब मन पराउँछन् । यस्ता झोलाको मूल्य पनि लाखौंदेखि करोडौंसम्म हुने गरेको छ ।

यसमा विश्व प्रसिद्ध ब्राण्ड हो, फ्रान्सेली कम्पनी लुइस टिभन । यस कम्पनीका मालिक बर्नार्ड आर्नल्ट विश्वको नम्बर १ धनी बन्ने होडमा एलन मस्कसँग व्यग्र प्रतिस्पर्धामा छन् ।

धनीहरुको अर्को शोख चाहीँ चमकदार पत्थर हिरा हो । रंगिन हिरा किन्नमा अर्बपतिहरु खुब पैसा खर्च गर्छन् । अझ भारतीय अर्बपतिहरु हिरामा बढी ध्यान दिने गर्छन् । पृथ्वीमा दुर्लभ पत्थर मानिने यो चमकदार शिलाखण्डको मूल्य पनि करोडौं पर्ने गरेको छ ।

हिरालाई ज्योतिष विज्ञानमा रोमान्स, सौन्दर्य र सौभाग्यका देवता शुक्र ग्रहको प्रतीक मान्ने गरिन्छ । धनीहरु स्वाभाविक रुपले सौन्दर्य, यौन र चञ्चलता प्रिय हुन्छन् । यस कारण पनि उनीहरुले हिरामा बढी दिलचस्पी दिने गरेको पाइन्छ ।

जहाँ सम्पन्नता छ, त्यहाँ ‘नसा’ बेगर सौन्दर्य र रोमान्स पनि कसरी चम्किन्छि र ? यसका लागि चाहियो मदिरा । अर्बपतिहरुका लागि त जथाभावी मदिराले पनि भएन । उनीहरुलाई संसारमै दुर्लभ मदीरा चाहिन्छ । अर्बपतिहरु यस्ता दुर्लभ ह्वीस्की किन्नमा पनि खुब पैसा खर्च गर्छन् ।

उनीहरुको शोख असाध्यै पुरानो ‘माल्ट’बाट बनेको ह्वीस्की हुन्छ । सम्भव भएसम्म ‘द म्याकालान’जस्ता । ८१ वर्ष पुरानो माल्टबाट बनेको यो स्कच ह्वीस्कीको मूल्य (प्रति बोतल) करीब ३ लाख अमेरिकी डलर पर्छ । ग्लाफिडेक, डाल्मोर, ग्लनलिभिट, ग्लनेभन, ग्लानफर्कल्स, टेलिस्कर, हाइल्याण्ड पार्क, आर्डबेगजस्ता ब्राण्डका ह्वीस्कीहरु अर्बपतिहरुका प्रिय छन् ।

मुकेश अम्बानी र उनको परिवारको गहना मोह धेरैका लागि नौलो होइन । अम्बानीमात्र होइन, हरेक भारतीय अर्बपतिहरु गहनामा पनि उम्दा पैसा खर्च गर्छन् । पछिल्ला वर्षमा गहनामा हुने अर्बपतिहरुको खर्च तीव्र दरमा बढिरहेको उक्त प्रतिवेदनमा भनिएको छ ।

महँगा गरगहनाका अलावा आर्ट, पेन्टिङ, फर्निचर र सिक्कामा पनि अर्बपतिहरुले ठूलो खर्च गरिरहेको प्रतिवेदनमा भनिएको छ ।

एजेन्सीको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस्