ओलीप्रति आक्र्रामक बन्दै प्रचण्डले भने ओलीकै निर्देशनमा एमाले पार्टी दर्ता भयो « Arthapath.com
९ श्रावण २०७७, शुक्रबार

ओलीप्रति आक्र्रामक बन्दै प्रचण्डले भने ओलीकै निर्देशनमा एमाले पार्टी दर्ता भयो



काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण नेकपा एमाले निर्वाचन आयोगमा दर्ता भएको बताएका छन ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले ओलीप्रति संकेत गर्दै एमाले पार्टी दर्ता हुनुमा अध्यक्षकै कारण रहेको बताए ।

ओलीप्रति निक्कै आक्रामक देखिएका प्रचण्डले सडकमा लागेका नारा बेतुकका भएको आरोप लगाए । अनले आफु पार्टी एकता जोगाउन लागेपनि केहीले एमाले पार्टी पुनः व्यूताउन लागिपरेको बताए ।

प्रचण्डले आफु र ओली मिलेर माधव नेपाललाई पाखा लगाउन खोजिएको भन्ने गलत सन्देश प्रवाह भएको बताए । २ नेता मिलेर मात्रै पार्टी नचल्ने भन्दै प्रचण्डले भने ‘कम्युनिष्ठ पार्टी सामुहिक नेतृत्वमा चल्नुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्