पार्टीको आन्तरिक विवाद समाधान गर्न नेकपाद्धारा कार्यदल गठन « Arthapath.com
३० श्रावण २०७७, शुक्रबार

पार्टीको आन्तरिक विवाद समाधान गर्न नेकपाद्धारा कार्यदल गठन



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी भित्रको विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

शुक्रवार महासचिव विष्णु पौडेलको संयोजकत्वमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य रहेका छन् ।

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा कार्यदल गठन गर्ने सहमति भए बमोजिम कार्यदल गठन गरिएको नेकपा स्रोतले जनाएको छ । तर उक्त कार्यदलले समय निर्धारण गरेको छैन ।

पार्टीमा देखिएका समस्याहरुलाई एकत्रित गरेर त्यसलाई समाधान तर्फ लैजाने र पार्टीलाई अझै मजबुत बनाउने कार्यदलका संयोजक एवं नेकपा महासचिव पौडेलले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्