अव सरकारले मृत्यु भएकाको पिसिआर परिक्षण नगर्ने

काठमाडौं । सरकारले अव मृत्युभएकाहरुको कोरोना परिक्षण नगर्ने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्यु भएका तर कोरोनाको संका लागेका भएपनि परिक्षण नगर्ने निर्णय गरेको हो ।
इन्सिडेन्ट कमाण्ड सिस्टममा मृत्यु भएकाहरुको कोरोना परिक्षण नगर्न सुझाव आएपछि सोही अनुसारको निर्देशन आएको छ । कोरोना परिक्षण नभएपनि मृत्यु भएकाको शव भने सनवधानीपुर्वक नै विर्सजन गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
कोरोनासंग मिल्दोजुल्दो अन्य रोगबाट मरेपनि स्वाव लिएर कोरोना परिक्षण गर्ने गरिन्थ्यो । अव मरेकाको पिसिआर टेष्ट नहुने भएको छ ।