कक्षा १२ को परिक्षा डेढ घण्टामात्रै हुने, ४० अंकको मात्रै लिखित परिक्षा हुने, बाँकी ६० अंकको आन्तरीक मुल्यङ्कन « Arthapath.com
१६ कार्तिक २०७७, आईतवार

कक्षा १२ को परिक्षा डेढ घण्टामात्रै हुने, ४० अंकको मात्रै लिखित परिक्षा हुने, बाँकी ६० अंकको आन्तरीक मुल्यङ्कन



काठमाडौं । कक्षा १२ को परिक्षाको तयारीमा रहेको राष्ट्रिय परिक्षा बोर्डले यस वर्ष ४० पुर्णाङ्कको मात्रै लिसखत परिक्षा लिने भएको छ । सो परिक्षाको लागी समय पनि डेढ घण्टा निर्धारण गरेको हो ।
आगामी मंसिर ९ गतेबाट देशभर संचालन हुने कक्षा १२ को परिक्षमा करिव ४ लाख विद्यार्थी सहभागी हुने जनाइएको छ । यसवर्ष कोरोनाको कारण अंकभार पनि घटाइन लागिएको छ भने समयपनि घटाइएको छ ।

कक्षा १२ को परिक्षाभने पुरानै मोडलमा संचालन हुनेछ । मात्रै प्रश्न भार र समय कम गरिन लागिएको हो । अव कक्षा १२ का परिक्षार्थीले परिक्षा दिँदा आन्तरीक मुल्याङ्कनलाई समेत हेरिने छ । परिक्षार्थीले ४० अंकको लिखित परिक्षा दिएपछि बाँकी ४० अंक कक्षा ११ को नतिजालाई आधार बनाइने राष्ट्रिय परिक्षा बोर्डका प्रवक्ता जंगबहादुर अर्याले जानकारी दिए ।

अर्यालका अनुसार अव परिक्षार्थीको २० अंक भने कक्षा १२ को आन्तरीक मुख्याङ्कनलाई आधार बनाइनेछ । सबै माध्यामिक विद्यालयले बाँकी ६० अंकको मुल्याङ्कन गरी नम्बर हालेर पठाउनेछन ।
८० पूर्णांकको विषयमा भने ४० प्रतिशत ३२ अंकको मात्र लिखित परिक्षा लिइने अर्यालले जनाकारी दिए । प्रयोगात्मकको भने विषयअनुसार अंक फरक पर्नेछ । विद्यार्थीलाई कसरी प्रश्न सोधिने भन्ने बारेमा अन्यौलता नहोस भने बोर्डले विषयगत प्रश्नको मोडेलसमेत तयार गरिसकेको छ । सो मोडेल राष्ट्रिय परिक्षा बोर्डको वेभ साइटमा राखिने र सोही अनुसार विद्यार्थीले परिक्षामा सामेल हुनेछन ।


प्रतिक्रिया दिनुहोस्