वामदेव र बादललाई बैठकमा आउन प्रचण्डको आग्रह « Arthapath.com
७ पुष २०७७, मंगलवार

वामदेव र बादललाई बैठकमा आउन प्रचण्डको आग्रह



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वामदेव गौतम र रामबहादुर थापा बादललाई पार्टीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् । बादल र वामदेव पनि भोलिदेखि बैठकमा सहभागी हुने प्रचण्डले दाबीसमेत गरेका छन् ।

प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा भएको भेलाबाट केन्द्रीय समिति विस्तार गर्ने निर्णय लिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले १ तिहाई केन्द्रीय सदस्य भएको बैठकले झण्डै २ तिहाई सदस्य संख्या थप्नु स्वीकार्य हुन नसक्ने बताएका हुन् ।

प्रचण्डले ओलीले बोलाएको बैठक अवैधानिक रहेको बताएका छन् । उनले आफूहरुले बोलाएको बैठक नै वैधानिक रहेको समेत बैठकलाई सम्बोधनका क्रममा बताए । ‘निर्वाचन आयोगलाई म भन्न चाहन्छु । यहाँ ६५ प्रतिशत केन्द्रीय सदस्य हुनुहुन्छ । केही सदस्य बाटोमा आउँदै हुनुहुन्छ । संविधान, नियम कानुन अनुसार यो वैधानिक नेकपा हो’, उनले भने ।


प्रतिक्रिया दिनुहोस्