ओलीको नेतृत्व हस्तान्तरण घोषणाले अनेरास्ववियुमा अंकल पुस्ताको विदा हुन्छ « Arthapath.com
७ पुष २०७७, मंगलवार

ओलीको नेतृत्व हस्तान्तरण घोषणाले अनेरास्ववियुमा अंकल पुस्ताको विदा हुन्छ



काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियुले केपी ओलीले नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेकाले अनेरास्ववियुमा पनि अंकल पुस्ताले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् ।

मंगलबार रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा केपी ओलीको समर्थनमा दिप प्रज्जवलन गर्दै विद्यार्थी नेताहरुले यस्तो बताएका हुन् । उनीहरुले ‘केपी ओली जिन्दाबाद, अपवित्र गठबन्धन मुर्दाबाद’ भन्दै नारा समेत लगाएका छन् । ‘पार्टी एकता कायम राखौँ, प्रचण्ड–नेपाल गठबन्धन मुर्दाबाद, आजलाई होइन पाँच बर्ष ओलीलाइ’ भन्दै नारा लगाएर द्धिप प्रज्वलन गरेका छन् ।

द्धिप प्रज्वलन कार्यक्रमलाइ सम्वोधन गर्दै एक विद्यार्थी नेताले भने, “प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्ने घोषणा गरेका छन्, अव युवालाइ नेतृत्व हस्तान्तरण हुन्छ, अव आउने महाधिबेशनमा पनि युवाहरु आउने छन्, अनेरास्ववियुमा पनि ५० बर्ष उमेर पाका भएकाहरु अव हुँदैनन्, अव अनेरास्ववियुमा अंकल पुस्ता हुँदैनन् ।”


प्रतिक्रिया दिनुहोस्