प्रचण्ड–नेपाल समूहको वाग्मती प्रदेश संसदीय दलको नेतामा शाक्य « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

प्रचण्ड–नेपाल समूहको वाग्मती प्रदेश संसदीय दलको नेतामा शाक्य



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– नेपाल समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

आज काठमाडौंस्थित पेरिसडाँडामा बसेको नेकपा प्रचण्ड– नेपाल समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको एक नेताले जानकारी दिएका छन।

प्रचण्ड —नेपाल समूहले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्