डीकेएम औषधी कम्पनिले ६ महिनाकाे अवधिमा ५२ करोड ३० लाख रुपैयाँको गर्‍याे  व्यापार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

डीकेएम औषधी कम्पनिले ६ महिनाकाे अवधिमा ५२ करोड ३० लाख रुपैयाँको गर्‍याे  व्यापार



काठमाडौं । डीकेएम औषधी कम्पनिले ६ महिनाको अवधिमा ५२ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०१० मा स्थापना भएको सो कम्पनीले विभिन्न देशबाट आयातित र स्वदेशी उत्पादित औषधी बिक्री वितरण गर्दै आएको हो । सो कम्पनीमा दिपक कुमार तिब्रेवालको ५१ प्रतिशत र सुरजकुमार तिब्रेवालको ४९ प्रतिशत रुपैयाँको व्यापार रहेको छ ।

उक्त कम्पनीले सन् २०२४ मा ९५ करोड ३० लाख रुपैयाँ, सन् २०२३ मा ९२ करोड रुपैयाँ, सन् २०२२ मा ८८ करोड ८० लाख रुपैयाँ, सन् २०२१ मा ७९ करोड २० लाख रुपैयाँ र सन् २०२० मा ५९ करोड रुपैयाँको व्यापार गरेको थियो ।

सो कम्पनीले विगत १५ वर्षदेखि औषधीको कारोबार गर्दै आएको छ । त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६० करोड रुपैयाँको रेटिङ गराएको छ ।


प्रतिक्रिया दिनुहोस्