दुर्गा प्रसाईको गोविन्द केसीलाई चुनौती सिटामोल बाँड्दैमा राज्यलाई धम्की नदिनु « Arthapath.com
१८ फाल्गुन २०७७, मंगलवार

दुर्गा प्रसाईको गोविन्द केसीलाई चुनौती सिटामोल बाँड्दैमा राज्यलाई धम्की नदिनु



काठमाडौं । झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईले प्रा.डा. गोविन्द केसीलाई प्रसाईको झोलामा सिटामोल बोकेर स्वास्थ्य क्षेत्र नसुध्रिने बताएका छन् ।बिर्तामोडस्थित बिएण्डसी कलेजसँगै निर्माण गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

“सरकारी हण्डी खाएर केही झोला औषधि बोकेर सिटामोल बाँड्दैमा राज्यलाई धम्की दिएर हुँदैन, यसरी सिटामोल बाँडेर गाली गर्दैमा मात्रै राज्यप्रति हाम्रो दायित्व पूरा हुने छैन्, झोला सिटामोल बाडेर माईतिघरमा सेतो टोपि लगाएर हिड्ने काम नगरे हुन्छ ।”

मेची अंचललाई मेडिकल हव बनाउने उनले उद्घोष गरेका छन् । त्यस्तै, फरक प्रसंगमा उनले आफूलाई व्यावसायीहरूमा सबैभन्दा बढी आलोचना आफूले खेप्नु परेका बताए । राज्यलाई १ वर्षमा ५ अर्व कर र ३ हजारलाई रोजगारी दिएको र अबको १ दशकमा १ लाखलाई रोजगारी दिने उनले घोषणा गरेका छन् । आफूले दुर्नाम कमाएको मार्सीकै नाममा मार्सी वियर र डन ह्विस्की १ साताभित्रै ल्याउने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्