कसैले हटाउन सक्छ भने हटाओस, आउने चुनावमा दुई तिहाई बहुमतका साथ सिंहदरबा पस्छुः ओली « Arthapath.com
१८ फाल्गुन २०७७, मंगलवार

कसैले हटाउन सक्छ भने हटाओस, आउने चुनावमा दुई तिहाई बहुमतका साथ सिंहदरबा पस्छुः ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब आउने चुनावमा बहुमतका साथ सिंहदरबार जाने बताएका छन् । झापाको बिर्तामोडस्थित बिएण्डसी कलेजसँगै निर्माण गरिएको पूर्वाञ्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

ओलीले भने, “अरूलाई रिजाउने सरकार होईन, विकास गर्ने बाटो पुल बनाउने सरकारको खाँचो छ, प्रक्रियाका साथ संसद बोलाउँछ, हुती भए हटाएर देखाउँ ।”

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्प कमल दाहाल र माधब कुमार नेपाललाई लक्षित गर्दे यो सरकार भारतको लागी नभएर नेपाली जनताको लागी कम्फरटेवल रहेको बताएका छन् ।

प्रचण्डले केहि दिन अघि भारतलाई पनि कम्फरटेबल हुने सरकार निर्माण गर्न बताएका थिए । विदेशी प्रभुको शरणमा नपर्न माधव प्रचण्डलाई ओलीको आग्रह गरे । उद्योगीहरुलाई पनि सरकार र निजि क्षेत्र सहकार्य गरेर अगाडी बढ्ने ओलीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्