माधव नेपाललाई जन्मदिनको उपहार, सर्वोच्चको फैसलाले माधव–प्रचण्डलाई झड्का, ओली समुहमा खुशियाली « Arthapath.com
२३ फाल्गुन २०७७, आईतवार

माधव नेपाललाई जन्मदिनको उपहार, सर्वोच्चको फैसलाले माधव–प्रचण्डलाई झड्का, ओली समुहमा खुशियाली



काठमाडौं । ३ वर्ष पार्टी एकता गरेर सर्बोच्च अदालतले पुरानै ठाउँमा पुर्याइदिएपछि यसअघि नेकपाका अध्यक्ष रहेका प्रचण्डलाई झड्का लागेको छ । आइतबार सार्वोच्च अदालतले नेकपा पार्टीको नाम ऋषिराम कट्टेलले यसअघिनै हुने गरी दर्ता गरेकोमा ओली–प्रचण्डको दावी नलाग्ने फैसला सुनाएको छ ।

निर्वाचन आयोगले ३ वर्ष अघिनै केपी शर्मा ओली नेतृत्वको एमाले र पुष्पकमल दाहाल नेतृत्वको माओवादी एकिकरण भई बनेको नेपाल कम्युनिष्ठ पार्टी (नेकपा)को पक्षमा अलग फैलल गरेको छ । अदालतको फैसल्ला पछि अव एमाले र माओवादी दल पुर्ववत अवस्थामै फर्कनुपर्ने भएको छ ।
२०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) दर्ता गर्न ओली र प्रचण्ड निर्वाचन आयोग पुगेका थिए । तर यसअघिनै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा दर्ता भइसकेको थियो । सर्वोच्च अदालतको फैसलाले विषेशगरी प्रचण्ड–माधव समुहलाई झड्का लागेको छ ।

सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्दा माधव–प्रचण्ड चितवनमा लड्डु बांडेका थिए । आइतबार भने प्रचण्डले अदातलको फैसल्ला अपेक्षाभन्दा बाहिर आएको प्रतिक्रिया दिएका छन । उता ओली समुहका महासचिव विष्णुप्रसाद पौडेलले अदालतको फैसलाको स्वागत गरेको बताएका छन ।

२०७४ मंसिरमा भएको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा कार्यगत एकाता गरेका ओली–प्रचण्ड निर्वाचनमा पछि पार्टी एकता गरी नेकपा नाम राखेका थिए । सो पार्टीलाई निर्वाचन आयोगले मान्यता दिएको थियो । आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै ऋषिराम कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको फागुन ११ गते जन्मिदिनको अवसरमा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरिदिएको थियो । सो दिन खुशियाली मनाएका प्रचण्ड माधव समुह आजको फैसलाले दुःखी बनाएको छ । आज माधव नेपालको जन्मदिन हो । ओली पछि माधव नेपाललाई जन्मदिनको अवसरमा उनले दावी गरेको पार्टीको नाममा दावी नचल्ले भएको छ ।


प्रतिक्रिया दिनुहोस्