नेकपा माओवादीका ४ जना मन्त्री सासंदमुक्त « Arthapath.com
२६ चैत्र २०७७, बिहीबार

नेकपा माओवादीका ४ जना मन्त्री सासंदमुक्त



काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टसहित अन्य ३ जना मन्त्री सासंदलाई पदमुक्त गरिएको छ । नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री उद्योग मन्त्री लेखराज भट्ट, उर्जा जलस्रोत तथा सिचाइँ मन्त्री टोप बहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम मन्त्री गौरी शंकर चौधरीको सासंद पदमुक्त गरिएको हो ।

प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका ४ सांसद पदमुक्त गरिएको जानकारी गराएका छन् ।माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार  संसद सचिवालयलाई पत्र पठाएर पार्टी परित्याग गरेको चार सांसदलाई कारबाही गरेको जानकारी दिएका थिए । 


प्रतिक्रिया दिनुहोस्