संस्थापक उपाध्यक्ष शर्माको निधनबाट महासंघ मर्माहत, नेपालको निर्माण उद्योगमा अतुलनीय योगदान « Arthapath.com
२६ जेष्ठ २०७८, बुधबार

संस्थापक उपाध्यक्ष शर्माको निधनबाट महासंघ मर्माहत, नेपालको निर्माण उद्योगमा अतुलनीय योगदान



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका संस्थापक उपाध्यक्ष राधाकृष्ण शर्माको उपचारको क्रममा मंगलवार निधन भएको छ । महासंघको स्थापनाकाल देखि नै महत्वपूर्ण योगदान दिनु भएका ८६ वर्षीय शर्माको निधनबाट मर्माहत भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । शर्मा देशको एक प्रतिष्ठित कम्पनीको रुपमा रहेको शर्मा एण्ड कम्पनी प्रा.लि.का संस्थापक हुनुुहुन्छ । उहाँले महासंघमा संस्थापक उपाध्यक्ष सहित तीन कार्यकाल कार्य समिति उपाध्यक्ष र दुई पटक सल्लाहकारको भूमिका निर्वाह गर्नु भएको थियो ।

नेपालको निर्माण उद्योगको व्यवसायिक विकासमा अतुलनीय योगदान दिनु भएका शर्मा हाल महासंघको मानार्थ सदस्य हुनुहुन्थ्यो । शर्मा महासंघले प्रदान गर्ने प्रतिष्ठित ‘एफक्यान ग्लोरी अवार्ड’ बाट समेत सम्मानित हुनुभएको थियो । स्वर्गिय शर्माका सुपुत्र रमेश शर्मा महासंघको स्थापनाकाल देखि एसोसिएट सदस्यको रुपमा रहेको शर्मा एण्ड कम्पनी प्रा.लि.का प्रबन्ध निर्देशक, महासंघका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार हुनुहुन्छ । पशुपति आर्यघाटमा शर्माको शवमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले महासंघको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो ।

शर्माप्रति श्रद्धाञ्जली व्यक्ति गर्न महासंघका सल्लाहकारहरू, पूर्व अध्यक्षहरू लगायत कार्य समितिका पदाधिकारीहरू, सदस्यहरू, अन्य निर्माण व्यवसायीहरू र महासंघ सचिवालयका कर्मचारीहरू पशुपति आर्यघाट पुग्नु भएको थियो । महासंघका महासचिव रोशन दाहालले शोक वक्तव्य मार्फत् शर्माको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नु भएको छ ।


प्रतिक्रिया दिनुहोस्