देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका २३ सांसदलाई फिर्ता लिन अध्यक्ष ओलीको निर्देशन « Arthapath.com
१८ असार २०७८, शुक्रबार

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका एमालेका २३ सांसदलाई फिर्ता लिन अध्यक्ष ओलीको निर्देशन



काठमाडौं । आफ्नौ पार्टीको प्रधानमन्त्री विरुद्ध विपक्षी गठबन्धनबाट प्रधानमन्त्रीका उम्मेदवार कांग्रेस सभापती शेरबहादुर देउवालाई पक्षमा हस्ताक्षर गरेका २३ सांसदलाई २ दिनभित्र हस्ताक्षर फिर्ता लिन एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएका छन् ।

२०७५ जेठ २ मा निर्वाचित एमालेको पदाधीकारी व्यूतिएपछि जारी एमालेको पहिलो केन्द्रीय समिति बैठकलाई संबोधन गर्दै अध्यक्ष ओलीले २३ सांसदलाई २ दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन ।

संसद विघटन जायज थियो वा थिएन भन्ने विषयमा परेका मुद्धाको सर्वोच्च अदालतमा बहस भैरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी एमाले बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्तो निर्दशन दिएका हुन ।

एमालेको बैठमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरु सहभागी भएका छैनन् । एमाले उपाध्यक्ष बामदेव गौतम बैठकमा सहभागी भएका छन ।


प्रतिक्रिया दिनुहोस्