अन्तत: मिल्याे एमाले विवाद, भाेली सहमती सार्वजनिक हुने, प्रचण्ड-देउवालाई चाेट « Arthapath.com
२६ असार २०७८, शनिबार

अन्तत: मिल्याे एमाले विवाद, भाेली सहमती सार्वजनिक हुने, प्रचण्ड-देउवालाई चाेट



काठमाडाैं । लामाे समयकाे विवादपछि एमाले पार्टीभित्रकाेे अान्तरिक विवाद साम्य हुने भएकाे छ । पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालविच देखिएकाे विवाद अन्तत: समाधान भएकाे छ ।

शनिबार कार्यदलमा सबै कुरा टुङ्गिएकाे नेताहरूले बताएका छन् । एमाले फुट हुनबाट जाेगिएकाे छ । दुई नेताहरूविच सहमती गराउन कार्यदलले फुलगभग सबै टुङ्गाे लगाएकाे र भाेली सहमती पत्रकाे बुँदामा दुई नेता ओली र नेपालले हस्ताक्षर गरेर सार्वजनिक गरिने कार्यक्रम रहेकाे कार्यदलका सदस्यहरूले बताएका छन ।

गत पुष ५ गतेे प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि विपक्षीसँग मिलेर अान्दाेलन गर्दै अाएका बरिष्ठ नेता नेपाल विपक्षी गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लागिपरेका थिए ।

संसद विघटन विरूद्ध सर्वाेच्च अदालतमा परेकाे मुद्धाकाे फैसल्ला पर्सि २८ गते सार्वजनिक हुनु पहिलेनै एमाले विवाद मिल्ने देखिएकाे छ । एमाले विवादकाे फाइदा उठाएर राजनितिक लाभ लिन लागिरहेका माओवादी अध्षक्ष प्रचण्ड र कांग्रेस सभापति देउवा रनभुल्लमा परेका छन ।


प्रतिक्रिया दिनुहोस्