संकटमा माधव नेपाल, एमाले फुट्ने नफुट्ने टुङ्गो लाग्ने, प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने « Arthapath.com
३ श्रावण २०७८, आईतवार

संकटमा माधव नेपाल, एमाले फुट्ने नफुट्ने टुङ्गो लाग्ने, प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतको परमादेश अनुसार प्रधानमन्त्री नियुक्त भएको एक साता नपुग्दै विश्वासको मत लिन लागेका छन । एमाले भित्रको विवाद चरमउत्कर्षमा पुगेका बेला देउवाले रातारात विश्वासको मत लिनेमुडमा पुगेका हुन ।

विघटित प्रतिनिधिसभा सर्वोच्चको परमादेशपछि ब्यूतिएको छ । सवोच्चको आदेश अनुसार आइतबार ४ बजे संसद बोलाइएको छ । एमालेका माधव समुहले मत नदिएमा देउवा सरकारले संसद विघटन गरेर ६ महिनामा निर्वाचन गर्नुपर्नेछ । एमालेको माधव समुहमा पनि देउवालाई मत दिन हुने नहुने पक्षमा सांसदहरु बाँडिएका छन् ।

एमालेको कार्यदलमा रहेका भिम रावल, शुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेताहरु विपक्षी दलको नेतालाई विश्वासको मत दिन नहुने पक्षमा उभिएका छन । माधव नेपाल समुहका पेटमणी चौधरी, कल्याणी खड्का, विरोध खतिवडा, डा. विजय पौडेललगायत सांसदहरु भने विश्वासको मत दिने बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि एमालेमै रहेर विरोध गर्दै आएका माधव समुह अहिलेपनि विपक्षी गठबन्धमा रहेका छन । प्रधानमन्त्री शेर बहादुर देउवाले मागेको विश्वासको मतमा मदतान गरेमा अध्यक्ष ओलीले माधव पक्षलाई कारवाही गर्ने निश्चीत छ । एमाले फुट्ने नफुट्ने आजै थाहा हुने भएको छ ।

आजै कार्यदलका नेताहरु ओली र माधव नेपालसंग बार्ता गरिरहेका छन । माधन नेपालले मागेको पार्टीभित्रको पावर सेयरिङको विषय नमिल्दा एमाले फुटको संघारमा पुगेको छ ।

संसद पुर्नस्थापनाको लागी आन्दोलन गर्दै आएको माधव नेपाल पक्षले पार्टी भन्दा पनि संसद जोगाउनुपर्छ भन्ने प्रश्न खडा भएको छ । माधव नेपाललाई संसद जोगाउने कि पार्टी जोगाउने भन्ने संकट थपिएको छ । माधव नेपाल अध्यक्ष ओलीको रुखो वचन र भोलीका दिनमा पुन ओलीले पेल्ने अनुमानले देउवालाई विश्वासको मत दिएर सरकारमा जान केही सांसदको दवाव बढेको छ ।


प्रतिक्रिया दिनुहोस्