सरकारको बजेट नीतिको विषयमा नेपाल रोलिङ्ग मिल्स एशोसिएसनको आधिकारिक धारणा सार्वजनिक « Arthapath.com
२९ भाद्र २०७८, मंगलवार

सरकारको बजेट नीतिको विषयमा नेपाल रोलिङ्ग मिल्स एशोसिएसनको आधिकारिक धारणा सार्वजनिक



काठमाडौं । नेपाल रोलिङ्ग मिल्स एशोसिएसनले सरकारले बजेट प्रतिस्थापन विधेयकमार्फत नेपालभित्रै डण्डी उत्पादनलाई प्रोत्साहन गर्नका लागि गरेको नयाँ बताएको छ ।

एशोसिएसनले स्वदेशभित्रै विलेट उत्पादन गर्नका लागि कच्चा पदार्थ स्पन्ज आइरन आयातमा लाग्दै आएको भन्सारलाई शुन्यमा झार्नु स्वागत योग्य कदम भएको जनाएको हो । जसले देशभित्रै कच्चा पदार्थ मार्फत विलेट उत्पादन गर्न र सो बिलेटमार्फत स्वदेशमा नै डण्डी उत्पादन गर्न सकिने र यसले देशभित्रै लगानी बिस्तार गर्न, भविश्यमा निर्यातको वातावरण बनाउन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने एशोसिएसनको भनाई छ । बजेटमा आएका नयाँ व्यवस्थाले स्वदेशी पूँजी र सिपमार्फत देशभित्र थप ६ अर्बको लगानी रोलिङ्ग मिल्स तथा डण्डी उद्योगमा थप हुने भएको छ ।

कोभिड–१९ बाट शिथिल रहेको स्वदेशी अर्थतन्त्रलाई यसले चलायमान बनाउन देशमा औद्योगिक वातावरण सिर्जना गर्न, विदेशी मुद्रा बाहिरीनबाट बचाउनुका साथै सरकारलाई समेत राजश्व वृद्धिमा सकारात्मक प्रभाव पार्ने यस एशोसिएसनको ठहर छ । सरकारले बजेटमार्फत डण्डी बनाउन चाहिने बिलेट स्वदेशमा नै उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्पन्जको भन्सार शुन्य गर्नुले देशभित्रै उद्योगहरुले लगानी बिस्तार गरेर बिलेट उत्पादन गर्दै आत्मनिर्भरको बाटोमा अग्रसर हुनेछ ।

नयाँ व्यवस्थाले स्वदेशभित्र उत्पादन भईरहेको विद्युतको खपतलाई पनि सहयोग गर्दछ । उत्पादन भईरहेको विद्युत खपत नहुने चिन्ताका विचमा विद्युत खपत बढाउनेछ । यसले आगामी दिनमा स्वदेशी डण्डी उद्योगहरुले नयाँ आयोजनाबाट उत्पादन हुने ३ हजार मेगावाट विद्युतलाई खपत गर्न समेत सहयोग पुर्याउँछ । विद्युत खपत गर्ने मात्र नभई यसले हाल स्टील उद्योगमा उपयोग गर्नुपर्ने फर्नेस आयल आयातमा भारत र अन्य मुलुक जाने गरेको करिब ४.५ अर्ब रुपैयाँ समेत स्वदेशभित्रै रहनेछ र यसले अन्य उद्योगहरुमा थप लगानी गर्न सकिनेछ ।

हाल नेपालमा करिब १६ लाख टन वार्षिक विलेट उत्पादनको क्षमता छ र जडित क्षमताको ८० देखि ९५ प्रतिशतसम्म उत्पादन हुनेगरी उद्योग संचालन गर्न सकिनेछ । र छिटै नै १० लाख टन बिलेट उत्पादन हुनेगरी उद्योग बिस्तार तथा योजना बनाउन सकिनेछ । यसका साथै स्वदेशभित्रै पूर्णरुपमा बिलेट उत्पादन गर्दा सर्वसाधारण ग्राहकहरुले सिधै लाभ पाउनेछन् । कच्चा पदार्थ बाहेक समग्र सामग्री स्वदेशभित्रै उत्पादन गर्न सकिएको खण्डमा यसले ग्राहकहरुले किन्ने डण्डीको लागत घट्ने र ग्राहकरुलाई समेत सस्तो हुन्छ ।

नेपाल जस्तो भूकम्पिय जोखिम भएको मुलुकमा सरकारले तोकेको मापदण्ड र न्यूनतम गुणस्तरमा प्रतिबद्ध हुँदै नेपाली उद्योगहरुले स्वदेशभित्रै डण्डी उत्पादन गर्दै आएको सर्वविदितै छ । स्वदेशमा नै उत्पादन गरिने बिलेटबाट तयार हुने डण्डीहरु उच्च गुणस्तरीय र मजबुत हुनेहुँदा यसले नेपाली निर्माण क्षेत्रमा सुरक्षा सुनिश्चित गर्दछ ।

यसैबिच यस नेपाल रोलिङ्ग मिल्स एशोसिएसनको नाममा केहि समूह तथा व्यक्तिहरुले अनधिकृतरुपमा पत्रकार सम्मेलन गरी भ्रम सिर्जना गर्ने काम गरेकोमा यस एशोसिएसनको गंभिर आपत्ति रहेको छ । एशोसिएसनको नाममा त्यस्ता गतिबिधिहरु नगर्न र कसैले पनि सो बारेमा भ्रामक धारणा नबनाउन हार्दिक अनुरोध गरेको छ ।

तथ्यगत आधारहरुः
१) नयाँ यो व्यवस्थाबाट ६ अर्ब रुपैयाँ हाराहारी लगानी थपिने र स्वदेशभित्र थप ३ हजार रोजगार सिर्जना हुनेछ ।
२) लगानी थपिएसँगै उद्योगको क्षमता बिस्तार हुने र तत्कालै २२० मेगावाट विद्युत खपत हुने । जसबाट नेपाल विद्युत प्राधिकरणको घाटा न्यून हुने ।
३) बिलेट उत्पादन गर्ने ठूला उद्योगले तत्कालै उत्पादन क्षमता बढाउने ।
४) डेढ करोड लिटर फर्नेस आयलको खपत घटाई विद्युतले प्रतिस्थापन गर्दा स्वदेशी पूँजी बचत हुने । यसले कुल ४५० करोड रुपैयाँ बचत हुने ।
५) डण्डीको मूल्य प्रति किलोग्राममा तत्काल ३ रुपैयाँसम्म घट्नसक्ने र प्रत्यक्ष ग्राहकहरुलाई फाईदा हुने ।
६) नेपालमा उत्पादन हुने डण्डीहरु सरकारले तोकेको मापदण्डअनुसार पूर्णरुपमा गुणस्तर नियन्त्रण गरी नेपाली उद्योगहरुले स्वदेशभित्रै उच्चस्तरीय डण्डी उत्पादन गर्दै आएको ।
७) स्वदेशमा उत्पादन हुने डण्डीहरुमा मूल्य अभिवृद्धि हुने, औद्योगीक वातावरण तयार पार्ने। आगामी दिनमा स्वदेशी उत्पादन निर्यात गर्न सहज प्रतिस्पर्धात्मक वातावरण तयार पार्ने ।
८) आयात घटेसँगै वैदेशिक मुद्रा बचत गर्दछ र यसले व्यापारघाटा कम गर्ने । कुल वैदेशिक मुद्रामा ३,०५० करोड रुपैयाँ बचत हुने ।
९) स्वदेशमा नै उत्पादन वृद्धि भएपछि डण्डीको लागि बिलेट आयातमा कमी हुनेछ र यसले परनिर्भरता समेत घटाउँदै स्वदेशी उत्पादनको प्रयोगलाई बढावा दिने ।
१०) अहिले कुल बिलेट आयात ११ लाख ७६ हजार ५४६ मेट्रिक टन हुने गरेको ।
११) हाल १६ लाख ६ हजार २३५ मेट्रिक टन डण्डी उत्पादन हुने गरेको ।
१२) वर्तमान ईआईएफ बिलेट क्षमता १४ लाख २२ हजार ३०० मेट्रिक टन ।
१३) ईआईएफ बिलेट न्यून क्षमता ५ लाख २८ हजार मेट्रिक टन ।
१४) कुल बिआईएफ बिलेट क्षमता ४ लाख १९ हजार ४१६ मेट्रिक टन ।
१५) कुल बिआईएफ बिलेट खपत ११ लाख ८६ हजार ८२० मेट्रिक टन ।
१६) प्रभावित हुने बिलेट नभएका उत्पादकहरु १३ ओटा कम्पनी ।
१७) स्थानिय तहमा प्रभावित हुने शुल्क २ लाख २२ हजार ९७१ रुपैयाँ ।
१८) बिलेट उत्पादकहरु १३ ओटा कम्पनी ।
१९) कुल ग्राहस्थ उत्पादनमा ०.९ प्रतिशतदेखि १ प्रतिशतसम्म योगदान
२०) यसले धौवादीमा रहेको फलाम खानी तथा स्थानिय कच्चा पदार्थको उपयोग गर्न सकिने ।


प्रतिक्रिया दिनुहोस्