बहुमुल्य धातुको कारोबार गर्ने ब्यवसायीका लागि जारी निर्देशिका ब्यवहारिक वनाउन सुनचाँदी ब्यवासायीको आग्रह « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

बहुमुल्य धातुको कारोबार गर्ने ब्यवसायीका लागि जारी निर्देशिका ब्यवहारिक वनाउन सुनचाँदी ब्यवासायीको आग्रह



काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ‘बहुमुल्य धातु वा वस्तुको कारोबार गर्ने ब्यवसायीहरुका लागि जारी निर्देशिका २०७७’ ब्यवहारिक वनाउन सरकारसँग आग्रह गरेको छ । निर्देशिकाका कतिपय वुँदाहरु ब्यवहारिक नभएको भन्दै त्यसलाई ब्यवहारिक वनाउन महासंघले आन्तरिक राजस्व विभागसँग आग्रह गरेको हो ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले निर्देशिकामा उल्लेख गरिएका मापदण्ड पुरागर्न साना ब्यवसायीहरुलाई अप्ठ्यारो परेको उल्लेख गर्दै त्यसलाई शंशोधन गर्न आग्रह गर्नुभयो । अहिलेकै निर्देशिका कार्यान्वयन हुँदा ब्यवसायीलाई असहज हुने र साना ब्यवसायी पलायन हुनु पर्ने अवस्था समेत आउन सक्ने उहाँको भनाई छ ।

विभागका निर्देशक वोलराज आचार्यले उक्त निर्देशिका ब्यवसायीलाई दुखी दिने नियतले नभई सम्पत्ति शुद्धिकरण गर्न खोज्नेहरुका लागि लक्ष्क्षित गरी जारी भएकोले ब्यवसायीलाई अप्ठ्यारो नहुने बताउनुभयो । विभागका अन्य विभिन्न अधिकारीहरुको सहभागिता रहेको सो भेटमा महासंघका तर्फवाट अध्यक्ष शाक्य सहित उपाध्यक्षद्धय मोहन काजी शाक्य र पवन कुमार सोमानी, महासचिव धर्म शुन्दर बज्राचार्य तथा पदाधिकारी सदस्य रविन शाक्य लगायतको सहभागिता रहेको थियोे ।

विभागले गत बर्ष जारी गरेको निर्देशकामा सुनचाँदी लगायतका वहुमुल्य वस्तुको कारोबार गर्ने संस्थाले सूचकको रुपमा काम गर्नुपर्ने र होलसेल कारोबार गर्ने ब्यवसायीको बिवरण विभागमा पठाउनुपर्ने लगायतका विभिन्न बिषय उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्