यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ वटा निर्णय « Arthapath.com
१९ बैशाख २०७९, सोमबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ वटा निर्णय



काठमाडौं । आइतबार बसेको मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गरिएको छ । सोमवार सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आइतबार बसेको मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

१. कोष तथा लेखा नियन्त्रक कार्यालय खोटाङको लागि जग्गा प्राप्ती गर्न स्वीकृति प्रदान गर्ने
२. प्रहरी नियमावलि २०७१ को नियम ४१ बमोजिम बैशाख १९ गतेदेखि लागू हुनेगरी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मध्ये सबैभन्दा उपयुक्त देखिएका धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक पदमा बढुवा नियुक्ति गर्ने
३. सशस्त्र प्रहरी नियमावलि, २०७२ को नियम ५३ बमोजिम सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याललाई बैशाख १९ गतेदेखि लागू हुनेगरी सशस्त्र प्रहरी महानिरीक्षक पदमा बढुवा गर्ने
४. दिवा शिशु स्याहार केन्द्र सञ्चालनका लागि निजामति कर्मचारी श्रीमती संघसँग थप ५ वर्षको सम्झौता गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई स्वीकृत दिने
५. राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन दोस्रो संशोधन आदेश २०७९ स्वीकृत गर्ने
६. लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवा समूहका राजपत्राङ्कित दिव्तीय श्रेणीका ३ जना अधिकृतहरुलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने ।


प्रतिक्रिया दिनुहोस्