५ खर्ब रुपैयाँको लघुवित्त कोष स्थापना गर्ने घोषणा « Arthapath.com
१५ जेष्ठ २०७९, आईतवार

५ खर्ब रुपैयाँको लघुवित्त कोष स्थापना गर्ने घोषणा



काठमाडौं । सरकारले लघुवित्त कोष स्थापना गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९–८० को बजेटमा किसानलाई कृषि कर्जा दिन लघुवित्त कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

सरकारले ५ खर्ब रुपैयाँ बराबरको कोष स्थापना गर्ने घोषणा गरेको हो । जसले गर्दा किसानलाई कृषि कर्जा उपलब्ध गराउन सहज हुनेछ । यसअघि लघुवित्त सञ्चालकहरुले लघुवित्त कोष स्थापना गर्न माग गर्दै आएका थिए ।

किसानलाई स्रोत अभाव हुन नदिनको लागि ५ खर्बको कोष बनाउने घोषणा गरेका हुन् । साथै किसानलाई परिचयपत्रको आधारमा राहत दिने घोषणा बजेटमा उल्लेख गरिएको छ ।

अर्थमन्त्री शर्माले किसानलाई पेन्सन दिने कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । जुका लागि सरकारले १ अर्ब पुँजीको रुपमा उपलब्ध गराउनेछ ।


प्रतिक्रिया दिनुहोस्