विप्लव नेतृत्वको नेकपाका ४ नेताले दिए सामुहिक राजीनामा « Arthapath.com
९ असार २०७९, बिहीबार

विप्लव नेतृत्वको नेकपाका ४ नेताले दिए सामुहिक राजीनामा



काठमाडौं । नेत्र वक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का चार नेताले सामुहिक राजीनामा दिएका छन् ।

पार्टीका पूर्व पोलिट ब्युरो सदस्य सेती महाकाली इन्चार्ज ओमप्रकाश पुन, नवौैं महाधिवेशन आयोजक कमिटी सदस्य तथा महाकाली इन्चार्ज दलबहादुर धामी, पूर्वकेन्द्रीय सदस्य तथा सेती इन्चार्ज शंकरबहादुर खड्का र पूर्व दार्चुला तथा कञ्चनपुर इन्चार्ज एवंम् विशेष कमिटी सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।

चारै जनाले सामुहिक विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्ने व्यक्तिगत र सामूहिक आवश्यकतालाई महसुस गरी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेको उनीहरुले विज्ञप्तिमा लेखेका छन् ।

बदलिदो विश्व राजनीतिक र राष्ट्रिय राजनीतिलाई मध्यनजर गरी अबको राजनीतिक धारा र बाटो बदल्ने निर्णयमा पुगेकाले राजीनामा दिएको बताएका छन् ।

‘नेपालको कम्युनिष्ट आन्दोलन, त्यसमा पनि महान जनयुद्धको जगमा खडा भई हाल विभाजित अवस्थामा रहेको माओवादी धारालाई एकीकृत र ध्रुवीकृत गर्दै व्यक्तिगत र सामूहिक पहलमा अघि बढ्नुपर्ने अवस्था रहेको आवश्यकतालाई महसुस गरी त्यसैको प्रयासस्वरूप हामीले आजैको मितिदेखि कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीबाट अलग हुने निर्णय गरेका छौं ‘, उनीहरूले विज्ञप्तिमा भनेका छन् ।


प्रतिक्रिया दिनुहोस्