नेपालमा ग्रीन इन्फ्रास्ट्रक्चरमा लगानीको उच्च सम्भावना « Arthapath.com
८ असार २०८३, सोमबार

नेपालमा ग्रीन इन्फ्रास्ट्रक्चरमा लगानीको उच्च सम्भावना



काठमाडौं । नेपालमा ग्रीन इन्फ्रास्ट्रक्चरमा लगानीको सम्भावना उच्च रहेको लगानी बोर्डले बताएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको चौंथो संस्करणको नेपाल पूर्वाधार सम्मेलन २०२२ को दोस्रो दिन शुक्रबार नेपालमा लगानीको वातावरणबारे लगानी बोर्डले यस्तो प्रस्तुती दिएको हो ।

लगानी बोर्डका उपसचिव रमेश अधिकारीले परियोजनासँग सबै निकायबाट सहज रुपमा सहजिकरण भइरहेको बताए । ‘हाम्रोमा कुनै पनि लगानीकर्ता प्रति भेदभाव छैन । लगानीकर्ताले आफूले परियोजनाबाट आर्जन गरेको कमाइ सहजै लिन सक्ने अवस्था छ । त्यस्तै लोकल फाइनान्सिङको पनि कुनै समस्या छैन,’उनले भने ।

नेपालमा सहरी यातायात व्यवस्थापनमा बढ्दो चुनौतीसँगै अवसर पनि बढेको उहाँले बताए । सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनलाई बढी प्रोत्साहन गरिएको समेत उनको भनाई थियो ।

नेपालको पूर्वाधार क्षेत्रमाग्रीनकन्सेप्ट अवलम्बन गरिएको बोर्डले बताएको छ । देशभर ग्रीन इन्फ्रास्ट्रक्चरको रुपमा १० ठूला परियोजना लगानी बोर्डले सहजिकरण गरिरहेको बोर्डले जनाएको छ ।

९०० मेगावाटको अप्पर कर्णाली जलविद्युत् आयोजना, ३५० मेगावाटको ग्रीड कनेक्टेड सोलार प्रोजेक्ट, ७५० मेगावाटको पश्चिम सेतीजलविद्युत् आयोजना, २५० मेगावाटको सोलार प्रोजेक्ट, २१६ मेगावाटको माथिल्लो त्रिशुली १, ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत्, भेञ्चर वेस्ट टू इनर्जी (परीक्षण), ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजना, ९०० मेगावाटको अरुण तेस्रो र ३२७ मेगावाटको माथिल्लो मस्र्याङ्दी निर्माणाधीन छन् ।

ऊर्जाअन्तर्गत जलविद्युत्, वायु ऊर्जा, सौर्य ऊर्जा, बायोमास र जिओ थर्मलमा लगानी गर्न सकिने बोर्डले जनाएको छ । त्यस्तै यातायातको क्षेत्रमा रेलमार्ग, द्रुतमार्ग, सुरुङमार्ग, केबलकार, बस ¥यापिट ट्रान्जिट र फ्लाइओभरमा समेत लगानीको सम्भावना रहेको बोर्डले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्