३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकृत « Arthapath.com
८ असार २०८३, सोमबार

३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकृत



काठमाडौं । विश्व बैङ्कबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि प्राप्त हुने २७५ मिलियन अमेरिकी डलर स्वीकृत गर्ने निर्णय भएको छ ।

भदौ २७ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको पछिल्ला निर्णयहरु सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विश्व बैङ्कबाट यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि ३५ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता स्वीकृत गरेको जानकारी दिए ।

उनका अनुसार महिला संरक्षण तथा उत्थान प्रणाली सुदृढीकरण परियोजनका लािग एशियाली विकास बैंकबाट प्राप्त हुने १२ मिलियन अमेरिकी डलर अनुदान सहायत स्वीकार गर्न वार्ता टोली गठन गर्ने निर्णय भएको छ ।

यस्तै, मन्त्रिपरिषदको बैठकले बेरुजू फछर्योट अनुगम समितिको सचिवालयमा आर्थिक वर्ष २०७९/८० का लागि राजपत्राङ्कित स्तरको दरबन्दी स्वीकृत गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषदका पछिल्ला निर्णयहरु :


प्रतिक्रिया दिनुहोस्