लघुवित्त कोषमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा रकम लगानी गर्नुपर्छ : अर्थमन्त्री शर्मा « Arthapath.com
२४ असार २०८२, मंगलबार

लघुवित्त कोषमा बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा रकम लगानी गर्नुपर्छ : अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले साना किसान, उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउन सरकारले लघुवित्त कोष निर्माण गर्न लागेको बताएका छन् ।

निक्षेप तथा कर्जा सुरक्षा कोषको ४९ वार्षिकोत्सवलाई सम्वोधन गर्दै अर्थमन्त्री शर्माले सहुलियत पूर्ण कर्जा कमजोर वर्ग, साना किसाना, साना उद्यमीहरुलाई दिनुपर्ने बताएका छन्

उक्त कोषका लागि सरकाले बजेट मार्फत नै व्यवस्था गरेको र कार्यान्वयनका लागि तयारी भईरहेको समेत जानकारी गराए । बैंक तथा वित्तीय संस्थाले अनिवार्य रूपमा यो कोषमा रकम लगानी गर्नुपर्ने शर्माको भनाई छ ।

उनले ग्रामिण अर्थतन्त्रलाई जोड दिँदै उत्पादनमा आधारित अर्थतन्त्रको विकास, रोजगारी सिर्जना र गरिवी निवारण, कृषि क्षेत्रको उत्पादन वृद्धि गर्नुपर्ने बताएका छन् ।

सोही अवसरमा उनले निक्षेप तथा कर्जा सुरक्ष कोषको सीमा बढाएकोले जिम्मेवारी पनि बढेको बताएका छन् । वित्तीय क्षेत्रमा सर्वसाधारणको बैंक तथा वित्तीय संस्था प्रतिको विश्वास अभिवृद्धि गर्नमा सुरक्षण कोषले महत्वपूर्ण भुमिका खलेको उनले बताए । उनले भने,-‘सरकारले सुरक्षण कोषका सीमा प्रतिव्यक्ति ५ लाख रुपैयाँ कायम गरेको छ, योसंगै सुरक्षण कोषको जिम्मेवारी पनि वृद्धि भएको छ ।’

यसअघि सरक्षण कोषको सीमा ३ लाख रुपैयाँ रहेको थियो । अर्थमन्त्री शर्माले जनताको निक्षेप रकम जोखिम पर्न नदिनका लागि कोषले अझ पर्याप्त भुमिका खेल्न बाँकी रहेको बताएका छन् । उनलेबैंक तथा वित्तीय क्षेत्र प्रणालीगत र जोखिम हुने अन्य क्षेत्रहरुबाट हुने कोषको सुरक्षण गर्ने अभिभारा पुरा गर्दै आईरहेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्